शेर्पा सञ्चार काठमाडौं  बैशख २३ कग्यु सम्प्रदायको परम पूजनिय धर्मगुरु १७ औँ कर्मपा ठिल्ले थाये दोर्जे ज्य्ुको ३४ औँ जन्माउत्सव समहरो सम्पन्न् भएको छ ।

कर्मपा श्यर्मानग संघको आयोजनामा राजधानिमा ज्यमगोन कोङडुल रिन्पोछेको प्रमुख अतिथ्यिमा भएको कार्यक्रममा बौद्ध विद्धवान तथा संस्कृति विद्ध रमेश कुमार ढुंगेल ,लुम्विनि विश्वा विद्यलयको उपकुलपति नरेशमान बज्रचार्य लगायतले मन्तब्य व्यक्त गरेको हो । कर्मपाको जन्मा अवसरमा संघले ३ दिने कार्यक्रमा आयोजन गरेको हो पहिलो दिन राजधनिको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादिमा कर्म कग्यु बौद्ध परम्परा र बर्तमान अवस्थबरे बिचार गोष्टी तथा पत्रकार सम्मेलन गरेको र दोस्रो दिन सरकारी उच्च पदिकारीहरु , मामनिय सभासध विभिन्न् संघ संस्थाको प्रतिनिधि,रिन्पोछेहरु लगायतको उपस्थितिमा पर्टी आयोजन र तेस्रो दिन तथा कार्यक्रमको अन्तिम दिन आज सम्पुर्ण प्रणी जगतको दिर्गयुको कामना गर्दै विश्वा शन्तिको निम्ती प्रमुख अतिथिद्धारा पुजा साथै सम्पुर्ण जातजाति, समुदयलाई समेटेरा संस्कृति कार्यक्रमको आयोजना गरिएको संस्थका सदस्य सचिव अचार्य दावा सङपो योल्मोपाले जानकारी दिए ।

कार्यक्रममा शेर्पा समुदायबाट हिमलयन संस्कृति केन्द्रले श्यब्रु नृत्य,तामङ समुदायले सेलो, र अन्य समुदयाले आ–आफनो संस्कृति जल्कने नृत्य प्रस्तुत गरेको हो । सोही कार्यक्रममा संसरमा दैनिक हुने प्रणि हिसं त्यग गर्नु पर्छ भन्ने सन्देश दिने उदेश्यल ५५ वटा बाख्रको जिवन दान गरेको होे ।

संघले प्रत्येक बर्ष जन्माउत्सव कार्यक्रमाको आयोजन गर्दै अएको र अउने दिनहरुमा पनि पूजनिय धर्म गुरु कर्मपाको जन्माउत्सवको अवसरमा बुद्धको सन्देश प्रबचनहरुलाई प्रसार प्रसार गर्ने हेतुले यस्त कार्यक्रमहरुलाई निरन्तरता दिने कार्यक्रम संयोजक लोटो रिन्पोछेले जानकारी दिए ।