बौद्ध तेमालजात्रा (चैत्रपुर्णे जात्रा)   सदियाैदेखि मनाउदै आएको बाैद्ध तेमाल जात्रा चैत्र २८ अाजबाट सुरू भएको छ ।

आजबाट काठमाडौंमा सुरु भएको छ । जात्रामा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड देखिएको छ । विहानैदेखि श्रद्धालु भक्तजनहरु आफ्ना बितेका पूर्खाहरुको सम्झनामा ङोवा, मोलम गरी बत्ती बाल्नका लागि बौद्धमा आउने गर्दछन् । बौद्धमा आजका दिन काभ्रे तेमाल लगायत सिन्धुपाल्चोक, दोलखा, ललितपुर, नुवाकोट, धादिङ, रसुवा र काठमाडौं वरिपरिका तामाङहरुको सहभागिता बाक्लो हुने गर्दछन् ।  बाैद्धबाट सुरू हुने जात्रा भाेली स्वयम्भुमा पुगेर समापन हुन्छ । अाज बाैद्धमा जात्राको समुउद्घाटन उपराष्ट्रपतिको बाहुलीबाट हुने कार्यक्रम संयोजक सम्पुर्ण कुमार लामाले बताए । जात्रामा पराम्परागत तामाङ जुहारी प्रतियोगीतामा पनि रहेको छ । चैत्र पुर्णिमाको अघिल्लो दिन बौद्ध स्तुप र भोलिपल्ट बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भु स्तुपमा हजारौं भक्तजनहरुको सहभागी हुनेछन् । यस जात्रालाई बौद्धबासीले तेमाल जात्रा र तेमालबासीले बौद्धको जात्रा भन्ने गरेका छन् । तसर्थ यो बौद्ध तेमाल जात्रा हो ।  यस जात्रामा तेमाल लगायत सिन्धुपाल्चोक, दोलखा, ललितपुर, नुवाकोट, धादिङ, रसुवा र काठमाडौं वरिपरिका तामाङहरुको सहभागिता रहने गर्दछ । जात्राको सुरुवातको दिन बौद्धमा मृतकहरुको आत्माको शान्तिको लागि बत्ती बाल्ने, लामा पुरोहितबाट पुजापाठ मोलम गर्ने गरिन्छ ।जात्रालाई औपचारीक रुपमा उद्घाटन गर्न उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख रुपमा आउनुहुने जात्रा आयोजक समितिले जानकारी दिए । त्यसैगरी जात्रा आयोजकका साँस्कृतिक विभागले तामाङ दोहोरी गीत प्रतियोगिता पनि हुने जनाएको छ । औपचारीक कार्यक्रम र प्रतियोगीता केही समयमा नै सुरु हुने जानकारी दिए ।

जात्राको पहिलो दिन बौद्धमा देखिएका दृश्यहरू :

@sailung online