सोनाम याङ्जी शेर्पा, चैत्र २६, कुङ्गा ङिमा शेर्पाको निर्देशनमा निर्माण भई रहेको शेर्पा भाषा चलचित्र टिनछेन फमा चाँढै समुदायमा आउने भएको छ । करिब २ महिना देखि छायाँकन भएको चलचित्रको काम ८० प्रतिशत भन्दा माथि सकिसकेको र केही मात्रा बाँकी रहेको चलचित्रका निर्देशक कुङ्गा ङिमा शेर्पाले बताएको छ । शेर्पा समुदायको भाषा, कला, संस्कार, संस्कृतिको संरक्षण र पवर्दन गर्ने हेतुले निर्माण गरिएको चलचित्र शेर्पाहरुको थातथलो सोलुखुम्बु जिल्ला त्यसैगरी शेर्पाहरुको पहिचान जल्कने ठाउँ मानाङ, मुस्ताङमा छायाँकन भएको जनाएको छ । यस चलचित्रमा प्रयोग भएका सबै शब्दहरु सम्भोटा लिपी र अङग्रेजीमा समेत अनुवाद गरिएको हुनले शेर्पा भाषा नजान्नहरुेले पनि सजिलै बुज्न सकिने पनि शेर्पाले बताएको छ ।
शेर्पा समुदायकै शेर्पा कलाकारहरुले अभिनय गरेको यस चलचित्रमा भाषा संस्कृति जोगउनुमा अभिभावको भूमिकाको महत्व उल्लेख गरिएको र शेर्पा भाषालाई बिशेष प्रथामिकता दिएको पनि शेर्पाले बताएको छ । शेर्पा समुदायमा शेर्पा भाषामा निर्माण गरिएको चलचित्रमा निर्माता ताथा अभिनयकर्ताको रुपमा आउन पाउदा आफुलाई खुसी लागेको भन्दै नायक आङ कुङ्गा शेर्पाले यसमा सफलता प्रप्त गर्न समुदायको साथ र सहयोगको उतिकै महत्व रहेको जनाएको छ ।