काठमाडौँ : आन्तरिक पर्यटन विकास गर्ने लक्ष्यले आयोजना गरेको ओखलढुङगाको थोले देम्बा महोत्वस २०७४ को तयारी पुरा भएको छ । ओखलढुङगाको इतिहासमै पहिलो पटक आयोजना गरिएको यो पर्यटन महोत्सवमा दुई लाख बढी आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिती रहने आयोजक समितिले जनायो । 

बैसाख १ देखि ३ गते सम्म सञ्चालन हुने महोत्सवमा शुरुमा राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने, दोस्रो दिन बिभिन्न सास्कृतिक कार्याक्रम र तेस्रो दिन समापन कार्यक्रम रहेको मुल आयोजक समितिका अध्यक्ष देण्डी शेर्पाले बताए । मानवबस्ती भन्दा माथि तीन हजार एक सय मीटरमा अवस्थित थोले देम्बा महोत्वस सम्पन्न गर्न भौतिक पुर्वधार र आन्तरिक तयारी सम्पन्न गरेको शुक्रबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

२५ लाख लगानीमा तीन किलोमीटर तार बिस्तार गरी विद्युत जडान र दुई किलोमीटर माथि पायपबाट पानी पुर्याएको शेर्पाले जनायो । सोलुखुम्बुका लागि सगरमाथा, खोटाङका लागि हलेसि भए पनि ओखलढुङगाका लागि पर्यटन विकास गर्ने मुख्य स्थलनै थोले देम्बा भए पनि राज्य तहबाट कुनै पनि सहयोग नभएको अध्यक्ष शेर्पा गुनासो पोखे । सबैले आशा दिए तर अन्तिम चरणसम्म पनि एक पैसा सहयोग गरेन । यता नेपाल पर्यटन बोर्डले प्रतिकृया समेत नदिदाँ आफुहरु राज्यका पर्यटन क्षेत्रका निकायप्रति निरास भएको दुखेसो गरे । विल मिलाउन र कागज मिलाउन मात्र पोख्त भए तर एतिहासिक रमणीय पर्यटकीय क्षेत्रको बिकासका लागि कुनै पनि सहयोग नगरेको उनले बताए ।

यता नेपाल पर्यटन बोर्डका प्रतिनिधि सन्तोष घिमिरेले भने सहयोग केही गर्न बोर्डमा प्रस्ताव लाने बताए । टानका अध्यक्ष चन्द्र रिजालले भने नाफाबिहिन पेशा भएको चुनौति धेरै हुने पनि स्थानीयले आँट गरेर महोत्सव आयोजना गरेको भन्दै सहयोग गर्ने बताए । नेपाल पर्वातारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले सबैको प्रयासले सफलता मिल्ने भन्दै सबैले सहयोग गर्नु पर्ने बताए ।

नेपाल पर्यटन व्यवसायमा अगाडी भएको र अन्य बिकसीतमुलुकसँग प्रतिस्पर्धा पनि यसैबाट गर्न सकिने शेर्पाले बताए । अर्वपति देखि किसानसम्मले गर्न सक्ने पेशा र लगानी थोरै र तत्कालै आम्दानी बढी हुने भएकाले यसलाई राज्य देखि सबै मिलेर पर्यटन व्यवसाय बिकास गर्न लाग्नु पर्ने बताए ।

यसका लागि थोले देम्बा महोत्सव पनि ओखलढुङगा, पुर्वी क्षेत्रको मात्र नभएर देशकै उन्नतीमा टेवा पुग्ने बताए । ओखलढुङगाका संसद हर्कवोल राईले ट्रेकिङ र दृश्यवलोकनको लागि उपयुक्त स्थान हो यसले पर्यटन विकासका लागिमा सहयोग पुर्याउनेमा दुई मत नभएको बताए । यस अघि भएका ककनी र रुम्जाटार महोत्सव भन्दा फरक हुने छ यसमा राज्यका निकायले सहयोग गर्न उनले आग्रह गरे ।

@annapurnapos