इटहरी, चैत्र २५ । आदिबासी जनजाती युवा महासंघ नेपालको चौथौ राष्ट्रिय महाधिबेशन तयारिका लागि आज पत्रकार सम्मेलन सुनसरी जिल्लाको इटहरी महानगरपालिकाको कुमारी होटलमा सम्म्पन भएको छ । “पहिचान, अधिकार, रोजगारी र एकताको लागि हाम्रो सक्रियता । आदिबासी, जनजाती युवाहरुको साझा प्रतिवद्धता” भन्ने मुल नाराका साथ यहि चैत्र २६ देखि २८ गतेसम्म हुने महाधिबेशनको प्रमुख अतिथी आदिबासी जनजाती महासंघका अध्यक्ष जगत बराम आउनु हुने भएको छ भने बक्ताहरुमा फुलमान चौधारि संयुक्त राष्ट्रसंघ आदिबासी मामिला सम्बन्धी स्थायी उपसभापती, रोस्नी मेचे निवर्तमान उपाध्यक्ष आदिबासी जनजाती महासंघ रहेका छन भने २६ गते उदघाटन सत्रमा राष्ट्रिय कलाकार लिला राई, एपि शेर्पा, अन्जु गौतम लगायत स्थानिय कलाकारहरुको बेजिड प्रस्तुती रहने आयोजक सन्चार सचिब डोमा शेर्पाले जानकारी दिएका छन ।