काठमाडौँ, चैत्र १९ । फुर्वा शेर्पाको अध्यक्षतामा २३ सदस्यीय नयाँ शक्ति पार्टी नेपाल काठमाडौँ जिल्ला शेर्पा परिषद गठन भएको छ । अबको निकास आर्थिक विकास, सम्बृद्धि सम्भव छ हामै्र पालामा भन्ने मुल नाराका साथ शेर्पा सेवा केन्द्रको क्यान्टिनमा कार्यक्रम संचालन भएको थियो । नया शक्ति पार्टी नेपालका केन्द्रका कार्यकारी समिति तथा राष्ट्रिय मामिला संयोजक पर्शुराम तामाङको प्रमुख आतिथ्यिमा शेर्पा परिषद गठन भएको थियो । शेर्पाहरु पनि राजनितिमा सक्रिय रुपमा लाग्नु पर्ने भएकाले आज शेर्पा परिषद गठन गरिएको थियो ।