2017-06-27-Tuesday

श्याब्रु नृत्य प्रतियोगितामा जुभीङ शेर्पा किदुग प्रथम

काठमाडौं । शेर्पा समुदायको महान पर्व २१४४ औं ग्याल्पो लोसारको अवसरमा आयोजित श्याब्रु नृत्य प्रतियोगितामा जुभीङ शेर्पा किदुग पहिलो भएको छ । आइतबार भएको प्रतियोगितमा पहिलो हुन सफल समुहलाई सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नगद ५० हजार रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरे । सोमबार हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अायोजनामा भएको लोसार गुथुक साँझमा उनीहरूलाइ पुरस्कार प्रदान गरिएको हो ।
११ प्रतियोगि समूह रहेको उक्त प्रतियोतिमा संखुवासभा शेर्पा किदुग दोस्रो, रामेछाप शेर्पा किदुग तेस्रो हुन सफल भएको छ । दोस्रोलाई ३० हजार नगदसहित प्रमाणपत्र, तेस्रोलाई २० हजार प्रमाणपत्र प्रदान गरियो । उक्त प्रतियोगितामा फरक शेर्पा किदुगले सान्त्वना हुदैं १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित लेखहरु

  • Side Bar Add