संघिया समाजवादी फोरम, नेपाल अन्र्तगत शेर्पा प्रदेश समितिले स्थिानिय तह चुनावको पहिलो र दोस्रो चरणको चुनावी गतिविधिमा केन्द्रित रहेर समिक्षा बैठक सम्पन्न भएको छ । बौद्ध स्थित शेर्पा सेवा केन्द्रको क्यान्टिनमा समितिका अध्यक्ष लाक्पा शेर्पाको अध्यक्षतामा सम्पन्न बैठकले स्थानिय चुनावमा राम्रो माहोल सृजना गर्न सफल रहेको भन्दै संगठन बिस्तारलाई समेत तिव्रता दिने निर्णय गरेको छ । शेर्पा प्रदेशका इन्र्चज आङ देण्डी शेर्पा, ससफका केन्द्रिय सदस्य आङ काजी शेर्पा, प्रदेश समितिका उपाध्यक्ष गंगा थापामगर, रिन्जी शेर्पा, ससफ महिला भिभागका सचिव आशा राई लगाएत शेर्र्पा प्रदेश संघष समितिका पदाधिकारिहरुको उपस्थितिमा सम्पन्न बैठकले पार्टी संगठनको आगमी कार्यदिशा तयार गरि पहिचान र अधिकारको आन्दोलनलाई अगाडि बाढाउने बिषयमा जोड दिएको छ ।
बैठकमा स्थिानिय चुनाको दोस्रो चरण सम्मा आई पुग्दा पार्टी चौथो शक्तिको रुपमा स्थापना भएकोमा खुःशी व्यक्त गर्दै संघिय समाजवादी फोरमको तर्फबाट उमेद्धारी दिएका शेर्पा प्रदेश भित्रका उमेद्धरहरुलाई खादा ओडाएर धन्यवाद व्यक्त गरेको छ । साथै शेर्पा प्रदेश समितिलाई आर्थिक रुपमा सहयोग गर्ने वेल्जियम बासी नेत्र मगर, पेम्बा गेल्बु शेर्पा ( पि. जी. ), आङ दोर्जे सोनाम शेर्पा लगायत र पोर्तुगलका सोम फुरी शेर्पा लगायत सहयोगी सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गरिएको छ । आगमी दिनमा यहाँहरुको राजनितिक यात्रामा सफल्ताको शुभकामना समेत व्यक्त गर्दै शेर्पा प्रदेश निमार्णमा एक जुट भएर लाग्ने बैठकले निर्णय गरेको छ । साथै बैठकमा शेर्पा प्रदेश महिला समिति समेत चाँडै गठन गर्ने पार्टीका महिला विभागका सचिव आशा राईले जनाकारी दिनु भयो ।