मानिस एक चेतनशील प्राणी भएकाले मानव समाजमा बस्दा एक आपसमा साइनो मिच्नु नहुने र अरूसँग कुटुम्ब लगाउनु पर्दा थरको आवश्यक परेको महशुस पर्दछ । त्यसैले थरको सिर्जना भएको बुझिन्छ ।

१ शेर्पालामा

१- शेर्पा लामा, २- लामा गोन्पा।

२ च्यावा

१- च्यावा, २- च्यावा नक्पो र ३- ल्हुक्पा।

३ पेनाक्पा

१- पेनाक्पा।

४ मिङ्याग्पा

१- ठाक्तोवा, २- गोले, ३- गर्जा, ४- खापा, ५- पिनासा, ६- युल्खोङमा, ७- सिरे, ८- मिल्हसा, ९- दोटुबा, १०- शरपा र ११- पाङकर्मा।

५ थिम्मी

१- सलाका, २- खम्बाचे, ३- गोपर्मा, ४- ल्हाकसिन्दु, ५- पाल्दोर्जी, ६- छ्युशर्पा,

७- ठोम्पा, ८- बिनाक्पा, ९- श्यङ्गो, १०- जोङनग्पा, ११- श्हुर्पा, १२- मेन्दवा र १३- पेन्पुलो।

माथी उल्लेखीत बिबरण अनुसार सम्पुर्ण शेर्पा जातिलाई ५ वटा मुलथर र यी मुलथर अन्तरगत ३० वटा उपथर हरुमा बिभाजित भएर फैलिएको देखिन्छ। जस्मा;

१-शेर्पा लामा थर को २ उपथर,

२-च्यावा थरको ३ उपथर,

३-पेनाक्पा थरको उपथर छैन,

४-मिङ्याग्पा थरको ११ उपथर र

५-थिम्मी थरको १३ उपथर समेत जम्मा ३० उपथरहरु देखिन्छ।

यि उपथरहरु सोलुखुम्बु,ओखलढुङ्गा, दोलखा, रामेछाप जिल्लामा भएका र यि जिल्लाहरुबाट अन्यत्र बसाँई सरेर गएका शेर्पाहरुका हुन। यस बाहेक इलाम, ताप्लेजुङ, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक तथा पश्चीम नेपालका हिमाली भेगका उत्तरिभुभागमा बसोबास गर्ने आदिबासी शेर्पाहरुको थर उपथरको सङकलन गरेमा उपरोक्त उपथरको सङख्यामा अझ बृद्धी हुनेछ। नेपाल शेर्पा संघ सुन्सरी स्थापना भएको दशौंबर्षको उपलक्षमा प्रकाशीत स्मारिकामा श्री दावा नावा शेर्पाले संकलन गर्नु भएको “शेर्पा जातिका थरहरु एक गहन अध्ययन” नामक लेखमा सुदुर पुर्वी नेपालका जिल्लाहरुमा रहेका शेर्पा हरुका निम्न थप थर र उपथरहरु संकलन गरेको देखिन्छ।

नावा, जुम्बुले, पया, गोरुङ, हलुण्डा, कुलुङ, रिक्तो, चुक्टे, याता, फेरुक्पा, छ्युकुले, राखा, ङोवा, बदम्बा, मजेन, एसांङ, ठोमा, सुर्वा, मुलि ,साके, डुक्पा खम्बा र केरुङ खम्बा आदि।

यि शेर्पाहरुको बारेमा बिस्त्रीत अनुसन्धान गरि यि थरहरु शेर्पाको पाँच मुलथर भित्र पर्ने देखिएमा सम्बन्धीत मुलथर अन्तरगत र नपर्ने देखिएमा बेग्लै थरपनि लेखन सकिन्छ।

शेर्पा जातिमा यत्तिका थरहरु भएता पनि आफनो कुलको परिचय दिन नामको पछाडी थर लेखने प्रचलन देखिदैन। तर लामा थर भएकाहरुले नामको पछाडी थर लेखने गरेको र अपबादको रुपमा कोहि कोहिले नामको पछाडी थर लेखने गरेको पाइन्छ। जस्तै पासाङ गोपर्मा, पासाङ खम्बाचे ले आज भन्दा लगभग ७५ बर्ष अघि देखिनै नामको पछाडी थर लेखेका थिए। शेर्पाहरुले नामको पछाडी थर नलेखेर शेर्पा भनेर जात मात्र लेखने प्रचलनले गर्दा कुन शेर्पा कुन थरको भनेर चिन्न सकिदैन। उदाहरणार्थ पाँचवटा मुलथरका तीस वटा उपथरहरु छन। प्रतेक मुलथरका उपथरहरु एक आपसमा स्वाँगे भाई अर्थात हाडनाता भित्र पर्दछन। नामको पछाडी थर नलेखने हो भने भविष्यमा यिनीहरुको बिचमानै परिचयको संकट आइ नपर्ला भन्न सकिन्न। बडदो जनसंख्याको चाप र बिबीध कारणबाट हुने बडदो बसाँई सराइको कारणबाट शेर्पाहरु नेपालको बिभीन्न जिल्लाहरुमा मात्र नभइ बिश्वका बिभीन्न मुलुकहरुमा समेत फैलिएर रहेका छन यसले गर्दा पनि शेर्पाहरुमा एकआपसमा आफनोपन र परिचय कायम राखन जरुरी भएकोले सबै शेर्पाहरु ले नामको पछाडी थर लेखन र लेखाउन जरुरी भएकोछ।

नामको पछाडी “शेर्पा” लेखने बारेमा,

नेपालको अन्तरीम सम्बिधान २०६३ ले शेर्पा शब्दलाई राई, लिम्बु, मगर, नेवार आदि जस्तै एउटा जात वा जातिको नाम हो भनेर परिभाषीत गरेकोले व्यक्तिले आफ्नो नाम लेखदा जात जनाइ रहन अनिवार्य नभएकोले नामको पछाडि थर लेखने चलन छ। तसर्थ शेर्पा जातीले पनि अन्य जातिले जस्तै नामको पछाडी थरमात्र लेखन परम्पराको अनुसरण गर्नु बडी बैज्ञानीक र व्यबहारीक हुनेछ। जस्तै;

जात थरहरु

राई बान्तवा, थुलुङ, चाम्लीङ, खालीङ र कुलुङ आदि।

लिम्बु कन्दङवा, लावति, खापुङ, नेम्बाङ र आङदेम्बे आदि।

मगर थापा, राना, घर्ति र गर्बुजा आदि।

नेवार श्रेष्ट, जोशी, मानन्धर र बज्राचार्य, प्रधान आदि।

ब्राम्हण कोईराला, आचार्य, खनाल, नेपाल, दाहाल आदि।

छेत्री बस्न्यात, कार्की, थापा, राणा आदि।

माथी उल्लेखीत उदाहरण झैं शेर्पा जातिले नामको पछाडी थर लेखनु परेमा

हाल सम्ममा देखिएका पाँचवटा मुलथरहरु- लामाशेर्पा, च्वावा, पेनाक्पा, मिङ्याग्पा र

थिम्मी भनेर लेखनु पर्ने हुन्छ।

शेर्पाको थर लेखने बारेमा सझाव-

१- शेर्पालामा – लामाशेर्पा र लामा गोन्पा हरु एउटै पुर्खा छुक्ल्हा ग्यल्पो बाट फैलिएका हुनाले र यि दुवै उपथरले नामको पछाडी लामा मात्र लेखने गरि आएकोले यि दुई उपथर लाई एउटै थर कायम गर्न र लामा थर तामाङ र गुरुङ जातिमा पनि भएकोले शेर्पा जातका लामा हो भनि चिनाउन “शेर्पालामा” भनेर लेखनु उचीत देखिन्छ।

२- च्यावा – च्यावा (च्हाग्पा), नाक्पो र ल्हुग्पा समेत ३ उपथरका च्यावाहरु एउटै पुर्खा तेर्तोन रतनालिङपाबाट फैलिएका हुनाले एउटै थर कायम गरि “च्यावा” भनेर लेखन सकिन्छ।

३- पेनाक्पा – यस थरको उपथर नभएकोले पेनाक्पा थर नै लेखने।

४- मिङ्याग्पा –

यस थर अन्तरगतका बिभीन्न उपथर भएका सम्पुर्ण शेर्पाहरु मिङ्याक्पा ग्येर

ग्यालबाट फैलिएका सन्तानहुनता पनि बिबीध कारणले गर्दा ११ उपथरमा बिभाजित हुन पुगे। यिनीहरु सबै एउटै पुर्खा अन्तर्गतका हाड नाता पर्ने स्वाँगे भाई भएकाले छुट्टाछट्टै थर लेखन व्यबहारीक नदेखिने भएकोले एउटै मुलथर “मिङ्याक्पा” भनेर लेखन सकिन्छ।

५- थिम्मी –

यस थर अन्तरगतका बिभीन्न उपथर भएका सम्पुर्ण शेर्पाहरु थिम्मी जाङपोटाशीबाट फैलिएका सन्तान भएता पनि बिबीध कारणले गर्दा १३ उपथरमा बिभाजित हुन पुगे। यिनीहरु सबै एउटै पुर्खा अन्तर्गतका हाड नाता पर्ने स्वाँगे भाई भएकाले यिनीहरुमा आपसमा बिहेवारी नचल्ने हुनाले छुट्टाछट्टै थर लेखन व्यबहारीक नदेखिने भएकोले मुलथरको आधारमा “थिम्मी” भनेर थर लेखन सकिन्छ।

नामको पछाडी थर लेखने परम्परालाई अभियानको रुपमा सन्चालन गर्न शेर्पा संघ संस्थाहरु कृयासील हुनु पर्दछ। आगामी सन २०११ मा हुने राष्ट्रिय जन गणनामा सम्पुर्ण शेर्पाहरुमा नामको पछाडी थर लेखने र लेखाउने बारेमा जागरुकता सृजना गर्नु पर्दछ। अब जन्मिने नानीहरुको नामहरु शेर्पा नामनै राखने र नानीहरुको जन्म प्रमाणपत्र लिदा वा बिद्यालयमा भर्ना गर्दा अनिवार्य रुपमा थर लेखने गर्नु गराउनु पर्दछ।
हामी सबैले आफूनो जातजाति, भाषा धर्म र संस्कृतिको संरक्षण गरौ