2017-06-27-Tuesday

निर्वाचन आयोगद्वारा मतदाता नामावली सार्वजनिक, हेर्नुहोस तपाईंको नाम छ कि छैन ?

काठमाडौँ:निर्वाचन आयोगले यही वैशाख ३१ गतेका लागि घोषित स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम सूची प्रकाशित गरेको छ। सूचीमा १ करोड ४० लाख ५४ हजार ४ सय ५२ मतदाता रहेको आयोगले जनाएको छ। त्यसमध्ये ७० लाख ६९ हजार ७ सय १४ पुरुष र ६९ हजार ८४ हजार ६ सय २५ महिला छन्। कागजीरुपमै तेस्रो लिङ्गीको मान्यता पाएका मतदाताको संख्या भने १४३ रहेको आयोगले जनाएको छ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा तपाईले भोट दिन पाउनुहुन्छ कि हुन्न?, मतदाता नामावलीमा तपाईँको नाम छ कि छैन?

कसरी हेर्ने त ?

१. सबैभन्दा पहिले तल दिईएको टेबलमा आफ्नो जिल्ला छान्नुहोस्।

२. त्यसपछि आफू बस्ने गाउँ पालिका वा नगरपालिका र महानगरपालिकाको नाम छान्नुहोस्।

३. त्यस तलको भागमा तपाईंको वार्ड नम्बर छान्नुहोस्।

४. त्यसपछि मदतान केन्द्र छान्नुहोस्।

५. त्यसपछि SUBMIT लेखेको बटन क्लिक गर्नुस्। केहीसमयपछि तपाईँको विवरण छाने अनुसारको नामावली आउँछ। नामावलीमाको माथि तपाईंको आफ्नो नामको पहिलो अक्षरबाट आफ्नो नाम खोज्दा सजिलो हुनेछ।

६ . आफ्नो फोटोसहितको पूरा विवरण हेर्न आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुपर्नेहुन्छ त्यसका लागि आफ्नो नामको पछाडि मतदाता विवरण भनेर आउँछ त्यहाँ क्लिक गर्नुहोला। त्यसपछि जन्ममिति/नागरिकताको नम्बर राखिसकेपछि कुन चित्रमा क्लिक गर्ने भनेको छ त्यसमा क्लिक गरेपछि तपाईँको पूरा विवरण आउँछ।

निर्वाचन आयोगले वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनअघि विशेष सुरक्षासहितको नयाँ मतदाता परिचयपत्र वितरण गर्दैछ। ‘हामीले चारवटा सुरक्षा फिचरसहितको परिचयपत्र तयार गरेका छौं,’ आयोगका सचिव गोपीनाथ मैनालीले सेतोपाटीसँग भने, ‘मतदाता नामावलीलाई अन्तिम रूप दिएपछि छपाइ सुरु गर्ने छौं।’ परिचयपत्रमा मतदाताको नाम, ठेगाना, नागरिकता नम्बर, मतदाता परिचयपत्र नम्बर लगायत विवरण उल्लिखित ‘क्युआर कोड’ अंकित हुनेछ।

यो कोड विशेष प्रकारको उपकरणले मात्र पढ्न सक्छ।

 

आफ्नो विवरण यहाबाट हेर्नुहोस : 

1 thought on “निर्वाचन आयोगद्वारा मतदाता नामावली सार्वजनिक, हेर्नुहोस तपाईंको नाम छ कि छैन ?”

  1. लहान नगरपालिका -७ को मतदाताको नाम वार्ड नं. १ मा समाबेश गरिएको छ ।नामावली त्रुटिपूर्ण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित लेखहरु

  • Side Bar Add