सुबास दर्नाल/१ साउन – भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाईते भएका छन् । दुधकोशी गाउँपालिका ३ का ५५ बर्षिय पुर्णबहादुर कार्की भालुको आक्रमणवाट घाइते भएका हुन् । घर नजिकैको पाखामा सोत्तर काट्न गएका कार्कीलाई आईतबार दिउसो दुई बजे तिर भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । घाईते कार्कीको अनुहार र टाउँकोमा गहिरो चोट लागेको छ ।

घट्नास्थल नजिकै अन्य अन्य मानिसहरु रहेकाले तत्काल उद्दार गरी बचाउन सफल भएको स्थानीयले बताएकाछन् । घाईते कार्कीको बासा स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । केहि दिन अगाडी देखि त्यस क्षेत्रमा भालुले मकै खाएर स्थानीय कृषकलाई हैरान बनाइरहेको स्थानीयले गुनासो गरेकाछन् ।

Source:solukhumbu online

फोटो ललित कार्की