2017-04-27-Thursday

बालबालिकालाई विद्यालयमा आकर्षित गर्न घडी वितरण

ओखलढुंगाः ओखलढुंगाको पात्ले–४ खुन्दुर्केमा अवस्थित जयबुद्ध आधारभूत विद्यालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्नाको नयाँ कार्यक्रम सञ्चालन गरेको छ । अभियान अन्तर्गत भर्ना हुने विद्यार्थीलाई घडी वितरण गर्ने भएको हो ।

विभिन्न नयाँ कार्यक्रम सहित विद्यार्थी भर्नालाई अभियान सञ्चालन गर्ने विद्यालयले यसपटक विद्यार्थीलाई जनही ‘घडी’ वितरण गर्ने कार्यक्रम अघि बढाइएको प्रधानाध्यापक मगन कामतले जानकारी दिए। गत शैक्षिक सत्रमा विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री वितरण गरिएको थियो। घडी दिने आकर्षक कार्यक्रमले बालबालिकालाई विद्यालयसम्म आउन प्रेरित गर्ने व्यवस्थापन समितिका अध्यक्ष दोर्ची शेर्पाले विश्वास व्यक्त गरे ।

नयाँ शैक्षिक सत्रका लागि वैशाख २ गतेबाट भर्ना अभियान शुरु हुने भएपनि विद्यालयले आफ्नो कार्यक्रम सार्वजनिक गर्दै अभियान अघि बढाएको स्थानीय शिक्षा सेवी ङावाङ पेम्वा शेर्पाले जानकारी दिए ।

सरकारको सन् २०१७ सम्ममा सवैलाई साक्षर बनाउने अभियान अन्तर्गत विद्यालयले शुरु गरेको कार्यक्रम स्वागत योग्य रहेको र सवै विद्यालयले यसरी नै नयाँ कार्यक्रम मार्फत बालबालिकालाई विद्यालयमा ल्याउने अभियान सञ्चालन गर्नु पर्ने शैक्षिक सुधारका लागि समन्वय समिति पात्लेका अध्यक्ष लाक्पा जी. शेर्पाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित लेखहरु

  • Side Bar Add