नेपाल भौगोलिक विविधता, बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय रूपमा चिनिन्छ । हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातिको पहिचान नेपालका अन्य जातिभन्दा बेग्लै रहेको छ । शेर्पा जाति कर्मशील, लगनशील र दयालु स्वभावका हुन्छन् । नेपालमा एकात्मक निरंकुश शासनप्रणाली रहेको अवस्थादेखि नै शेर्पा जातिमाथि अनेक जालझेल र षड्यन्त्र गरी राज्यस्तरबाटै हकअधिकारमाथि हस्तक्षेप हु“दै आएको छ । सोझा शेर्पा जातिमाथि शासन गर्न राज्य सञ्चालक शक्तिद्वारा विभिन्न षडयन्त्र गरी उनीहरूको हकअधिकारबाट वञ्चित पार्ने काम हु“दै आएको छ । राज्यस्तरबाट नै उपेक्षित शेर्पा जातिले यतिखेर विभिन्न समस्यास“ग जुध्दै अनेकांै दुःखकष्ट र चुनौतीपूर्ण अवस्था पार गर्दै थोरै मात्र भए पनि राज्यमा आप्mनो स्थान बनाउन सफल भएको छ । शेर्पा जातिको संघर्षको कदरलाई सही मूल्यांकन गरी अग्रगामी परिवर्तनको धारलाई अझ सशक्त ढंगबाट अगाडि बढाउनु जरूरी छ ।

हाल नेपालमा जारी संक्रमणकालीन अवस्था, त्यसबाट हुनसक्ने सम्भाव्य दुर्घटना र निम्त्याउने स्ांकटपूर्ण अवस्थाबारे शेर्पा जातिले सचेत र सजग भई आफ्नो पहिचानका साथै संस्कार बचाउनु पनि त्यत्तिकै चुनौतीपूर्ण रहेको छ । राम्रो पक्षभित्र नराम्रो पक्ष गा“सिएर आउने भएजस्तै शेर्पा समाज अग्रगामी परिवर्तनको दिशामा अगाडि बढिरहेको बेला झागि“दै गरेको पश्चिमा संस्कृतिका कारण नेपालीको मष्तिकमा पर्दै गएको छाप हटाउनु जरूरी छ । नेपाली समाजमा पश्चिमा संस्कारको आगमनसँगै शेर्पा समुदायका अधिकांश युवा पि“ढीमा पनि यसको प्रभाव पर्न थालेको देखिन्छ । त्यसबाट शेर्पा जातिको पहिचान दिने संस्कृति जोखिमपूर्ण हुनसक्ने अवस्थाप्रति समुदायका सबै युवा पि“ढी सचेत हुनु जरुरी छ । अन्यथा शेर्पा जातिले जातीय संस्कृतिको रूपमा मनाउने हरेक चाडपर्व जसले हाम्रो अस्तित्व बचाइराख्न सहयोग पु¥याएको छ, त्यसलाई दिगो रूपमा अगाडि जोगाईराख्न असमर्थ हुने अवस्था आउनेछ ।

नेपालमा धेरै जातजाति, जातजतिको आ–आफ्नै संस्कार र परम्परा, विचार र सिद्धान्त विद्यमान रहेका छन् । सबैलाई आ–आप्mनै संस्कृति र परम्पराको माया, महत्व छ, त्यसैले देश र जनतामाथि शासन गर्ने नेतृत्वले पनि विभिन्न आधारमा वर्गीय विभाजन गर्दा हिंसा भड्कन सक्ने, संस्कृति र परम्परामा आ“च आउन सक्ने सम्भावनाप्रति विचार पु¥याएर सबै जातजाति, धर्मसम्प्रदायलाई एकताको सुत्रमा बा“धेर विकास निर्माणमा समान रूपमा सहभागी गराउनु जरूरी छ । देश विकासको मूल आधार शिक्षा, स्वास्थ्य, रोजगारजस्ता संवेदनशील पक्ष भएकाले उच्च हिमाली भेगका दुर्गम क्षेत्रमा विकासका पूर्वाधार पु¥याउनुपर्छ । राज्यले यसतर्फ हालसम्म यस क्षेत्रको उचित विकास निर्माणका लागि ध्यान दिन सकेको छैन । सोही कारण हिमाली दुर्गम भेगका अधिकांश जनता अशिक्षित र बेरोजगार छन् । दुर्गम तथा हिमाली क्षेत्रमा सहज शिक्षाको पहु“च पुग्न नसक्दा देशमा अन्धविश्वास र कुरितीको संस्कार फैलिंदै गएको छ । अशिक्षाकै कारण आप्mनो हकअधिकार र मौलिक संस्कृति के हो भन्नेबारे दुर्गम हिमाली क्षेत्रमा बस्ने सर्वसाधारण अनभिज्ञ छन् । हिमाली क्षेत्रमा बस्ने शेर्पा जातिलाई राज्यले शिक्षाको पहु“च सहज रूपमा उपलब्ध नगराए यस जातिको सा“स्कृतिक अस्तित्व नै समाप्त हुने अवस्था आउन सक्छ । अतः हिमाली क्षेत्रमा बस्ने शेर्पा जातिले भोग्दै आएका समस्या समाधानमा राज्यले सक्रियता देखाउनु नितान्त आवश्यक छ ।

समग्रमा शेर्पा समाज राष्ट्रको विकास निर्माण र नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन बलियो माध्यम बनिसकेको छ भने समाजले आप्mनो संस्कार र परम्परा जोगाउ“दै राष्ट्रियताको निम्ति प्रतिबद्धताका साथ लाग्दै आएको छ । शेर्पा हरेक समस्या र चुनौतीविरूद्ध साहसका साथ लडिरहनेछ भने आफनो संस्कृति र परम्परा विकास र विस्तार गर्न निरन्तर लागिरहनेछ । शेर्पा समुदायको परिचय नै आप्mनो संस्कृति संरक्षण गर्नुमा रहनुपर्छ । शेर्पा समुदाय अग्रगामी परिवर्तनको दिशामा निरन्तर लाग्दै आएको छ । त्यसका लागि राज्यको सहयोग र सद्भाव समुदायले अपेक्षा गरेको छ ।

पासाङ शेर्पा (लामा)
sherpapasang36@gmail.com