2017-03-28-Tuesday

नेपालले एसियन कप छनोट फुटबल खेल्न पाउने

१२ पुस, काठमाडौं । नेपालले एएफसी एसियन कप छनोट खेल्न पाउने भएको छ । एसियाली फुटबल महासंघले छनोट खेल्न सोलिडारिटी कप च्याम्पियन नेपाललाई प्रस्ताव गरेको हो ।

एसियन कपमा छनोट भएको गुवानले प्रतियोगिताबाट नाम फिर्ता लिएको छ । र, एएफसीमा गुवामको स्थानमा नेपाललाई छनोट गरेको हो ।

एसियन कप छनोटको ड्र २३ जनवरी २०१७ मा हुनेछ । २४ देशबीच हुने छनौटबाट १२ टिमले २०१९ मा यूएईमा हुने प्रतियोगिता खेल्नेछन् ।

छनोट खेल्ने २४ देशलाई ६ समूहमा विभाजन गरिनेछ । र, समूहको शीर्ष स्थानमा रहने दुई टिम एसियन कपका लागि छनोट हुनेछन् ।

सम्बन्धित लेखहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • Side Bar Add