2017-06-27-Tuesday

देश आत्मानिर्भर बन्न सघाउँदै शेर्पा वियर कम्पनीका लाक्पा

काठमाडौं । केही अपवादवाहेक उत्पादनमा नेपाल आत्मानिर्भर बन्न सकेको छैन् । हरेक बस्तुहरु वर्षेनी करोडौं रुपैयाँको आयात हुने गर्छ । तर, नेपाली उत्पादनले पनि आर्यातलाई सुन्य बनाउन नसकेपनि घटाउने काम भने हुने गरेको छ । त्यही मध्येको एक हो, शेर्पा वियर ।

पछिल्लो केही वर्ष यता शेर्पा वियरको चर्चा निकै चलेको छ । चर्चासँगै शेर्पा वियर धेरैको रोजाइमा समेत परिसकेको छ । शेर्पा ब्रुअरी प्रालिले उत्पादन गरेको वियर कम्पनीको अनुसार अहिले उत्पादन कम माग बढी छ । आवश्यकअनुसार उत्पादन गर्न सकिएको छैन् ।

शेर्पा एउटा समुदाय हो । नेपालमा भएका धेरै समुदाय भन्दा शेर्पा समुदाय निकै चर्चित छ । अझ भनौं शेर्पा ब्रान्ड बनिसकेको छ । देशविदेशमा साहसी, इमान्दारी जातीको रुपमा पनि चिनिन्छ । त्यही समुदाय जस्तै त्यही समुदायका एक परिवारले यो वियर उत्पादन थालेका हुन् । उत्पादन कम्पनीका एक सदस्य लाक्पा शेर्पा भन्छन्, ‘जसरी शेर्पालाई देशविदेशले चिन्छ, त्यसरी नै शेर्पा वियरलाई चिनाउने उद्दृेश्य छ ।’ उनकाअनुसार शेर्पा वियरले दुई वटा काम गर्ने छ । पहिलो, शेर्पा पर्वतारोहण क्षेत्रमामात्रै नभएर उत्पादनमूलकमा पनि छन् भनेर । दोस्रो, गुणस्तर सामन उत्पादन गरेर विदेशी वियर आयत कमी गर्ने ।
वियरको गुणस्तर अन्यवियरको तुलनामा कमी नभएको लाक्पाले दाबी गरे । ‘शेर्पा वियर कुनै विदेशीवियरको गुणस्तर भन्दा कमी छैन्,’ उनले भने, ‘हाम्रो उद्देश्लय भनेकै गुणस्तरिय उत्पादन गरेर प्रयोगकर्ताको मन जित्नु हो । नेपालमा भित्रिरहेको वियर भन्दा शेर्पा वियर सबैको रोजाईमा पार्नु हो ।’ यद्यपी सन् २०१३ माउत्पादन थालिएको वियरले अहिलेसम्म आउँदा राम्रै उचाई लिसकेको छ । नेपाली विदेशीले शेर्पा वियर खोज्न थालिसकेका छन् । कम्पनीले पनिअझै राम्रो र बढी उत्पादन कसरी गर्न सकिन्छ भनेर लागिरहेको बतायो । चितुवानमाकम्पनी रहेको वियर कम्पनीमा ४० बढी कामदारले काम गरिरहेका छन् ।

शेर्पा वियर नेपालमामात्रै नभएर अमेरिकामा पनि प्रसिद्ध छ । शेर्पा वियरको अवधारणा नै अमेरिकामा बनेको हो । अध्ययनको लागि भनेर अमेरिका पुगेका सोलुखुम्बुको चौरीखर्कका लाक्पाले पढाइको सिलसिलमा धेरै दुःख भोगे । दुःखसँगै पाठ सिके र, अमेरिकामै व्यवसाय पनि अगाडि बढाए । अमेरिकामा उनले थालेको पहिलो व्यवसायहो शेर्पा ल्यान्डस्केपिङ (२००६) । यो व्यवसाय राम्रै चल्यो । त्यसपछि उनले अर्को व्यवसायथपे शेर्पा हाउस रेष्टुरेन्ट एन्ड शेर्पा सेन्टर (२००९) । यीदुई व्यवसाय अमेरिकामा राम्रैसँग चलाईरहँदा नेपालमा पनि केहीगर्ने योजना बन्यो लाक्पाको ।

त्यही योजनालाई बास्तविकतामा उतारेर उनी लगायत उनका भाई फुर्वा ग्याल्जेन शेर्पा लगायतले शेर्पाृ वियरको उत्पादन थालेको हुन् । लाक्पा नेपाल र अमेरिकामा व्यवसाय मात्रै गरिरहेका छैनन् । सामाजिक क्षेत्रमा पनि उत्रिकै सक्रिय छन् ।
हाइक फर हेल्प नेपाल लाक्पाले स्थापना गरेको सामाजिक संस्था हो । यो संस्थामार्फत जन्म जिल्ला सोलुखुम्बु लगायतको क्षेत्रमा सामाजिक काम गरिरहेका छन् । मिलेसम्म वर्षको दुई पटक । नमिले एक पटक भएपनि उनी नेपाल आएर सामाजिक काममा सक्रिय हुन्छन् । उनी नेपाल आउँदा एक्लाई आउँदैनन् । अमेरिकाबाट ४०/५० जना स्वयंसेवक लिएर आउँछन् । यो क्रम लाक्पाले २०११ देखि चलिरहेको छ ।

यो अवधिमा लाक्पाको नेतृत्वमा चौरीखर्कमा विद्यालयल, स्वास्थ्य चौकी बनेको छ । चौरीखर्कमै उनले नमुना शौचालय निर्माण गरेका छन् । विदेशबाट सामनल्याएर नेपालमै पहिलो पटक आधुनिक शौचालय बनाएका हुन् । जुन शौचालय क्विन छिराएर मात्रै प्रयोग गर्न सकिन्छ । विदेशीको लागि बनाएको यो शौचालय स्थानीयको आम्दानीको स्रोत बनेको छ । त्यहाँबाट आएको पैसाले स्थानीय विकासमा खर्च हुने गरेको छ ।

त्यसैगरी लाक्पा दलितलाई सीप सिकाएर आत्मानिर्भर बनाउने अभियानमा पनि छन् । ह्याण्डी काफ्टका सामग्री बनाउन लगाउने र किन्न पनि लाक्पाले नै किनेर आम्दानी बढाउने काम गरिरहेका छन् । विद्यालयको छात्रावास, गरिव विद्यार्थीलाई छात्रवृती, खेल सामग्री लगायतमा पनि लाक्पाले जिल्लामा योगदान दिइरहेका छन् ।

@news 24

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित लेखहरु

  • Side Bar Add