जेठ २० काठमाडौ, निम्लेकी शेर्पा

दोेलखाका रविन्द्र थामी बिगत ३ बर्ष देखि मृगौला रोगबाट पिडीत छन । निम्न वर्गिय परिवारका उनी विगत ३ वर्ष देखि भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका छन । आफनो कमजोर आर्थिक अवस्थाले गर्दा आफनो आफनो ४ वर्षे छोरा र आफु भन्दा धेरै गर्ने श्रीमतीको मायाले वाच्ने आशा बटुलेर केहि समय रत्नपार्कको सडकमा बसे तर पनि उपचार खर्च भन्दा धेरै थरीका कुरा सुन्न थाले पछि उनी आर्थिक अभावबाट गुज्रि रहेको छ । दाइले मलेसियामा कमाएको पैसा सवै सकियो अहिले श्रीमती मनिषा दैनिक चलाउन कोटेश्वरमा नाङलोमा पसल गर्छिन । अहिले उनलाई हप्ताको ३ दिन डागोनोसिस्स गर्नुेपर्ने र एक पटकको खर्च ३ देखि ४ हजार लाग्ने गरेको छ । श्रीमान अस्पतालको शैयामा बसेको ३ वर्ष भयो मृगौला आफै दिन्छु भन्दा पनि प्रत्यारोपण गर्ने पैसा जुटाउन नसक्दा श्रीमानको अवस्था झन गम्भिर हुदै गएको छ अव पनि चा“डो सल्यक्रिया नगरे अवस्था झन गम्भिर हुने श्रीमती मनिषा आ“खाभरी आसु झार्दै बताउछिन । सल्यक्रियाका लागि उनलाइ करिव ७ देखि ८ लाख लाग्ने भनेपछि अहिले थामी परिवार सवैबाट सहयोगका लागि अपिल गरिरहेका छन । थाहा छैन, सडकमा बसेर जीवन गुजारा गर्नेको जीवन कस्तो हुन्छ ? राज्यको शक्तिशाली अंगहरुले सडकमा बसेका यस्ता सबै रविन्द्रहरलाई कहिले पनि देख्दैन । विकसित र नमुना नगर, महानगर बनाउने नेताहरुले यी यस्ता रविन्द्रहरुलाई कहिले देख्ने ? सहयोगको लागि निम्न मोबाइल नम्बरमा सम्पर्क गर्नु सक्नु हुनेछ श्रीमती मनिषा थामी ९८४३३८८५७१ ।