2017-06-27-Tuesday

थोले देम्बा महोत्सवमा लाखौं पर्यटन पुराउँछौ ःटेण्डी

ओखलढुंगा रंगनीका ३४ वर्षिय टेण्डी शेर्पा शिक्षा व्यवसायी, कृषि व्यवसायी, समाजसेवीको रुपमा परिचित छन् । कृषक परिवारमा जन्मिएका टेण्डीले स्नातक सम्मको अध्ययन गरेका छन् । उनी माकलबारीमा रहेको बालसंसार माविको संस्थापक तथा विद्यालय व्यवस्थापक अध्यक्ष हुन् भने नयाँ वस्तिमा रहेको मेरिल्यान्ड माविको पनि संस्थापक सदस्य हुन् । यस अलवाउनी कृषी पेसामा पनि आवद्ध छन् । नयाँपाटीमा कुखुरा फार्मचलाइरहेका छन् । त्यसैगरी जिल्लाको विकासमा लाग्न पर्छ भनेर ओखलढुंगामा चियाबगान निर्माणमा समेत लागि परेका छन् ।Image may contain: 1 person, sitting, shoes and outdoor

चिलिमडाडा चिया उत्पादक सहकारीको संस्थापक सचिव रहेर ३ हजार रोपनीमा चियाको बगान विस्तार गरिरहेका छन् । नेपाल शेर्पा संघको केन्द्रिय सदस्य समेत रहेका टेण्डी पछिल्लो समयमा भने जिल्ला लाई पर्यटकिय क्षेत्रको विकास गर्न जोड दिएर लागि रहेका छन् । ओखलढुंगाको अग्लो डाडा तथा नेपालकै  दोस्रो अग्लो डाडा थोले देम्बालाइ चिनाउन महोत्सव गर्न लागि परिरहेका छन् । बैशाक १, २ र ३ गते  हुने प्रथम थोले देम्बा पर्यटन महोत्सव मुल आयोजक समितीका महासचिव टेण्डी सँग महोत्सवमा केन्द्रित रहेर शेर्पाखबरका  संवाददाता कान्छोले गरेको कुराकानी ः
थोले देम्बाको बारेमा केही बताइ दिनुस्  ?
यो ओखलढुंगाजिल्लाकै अग्लो ठाउँ हो । उसो त नेपालका ७ वटा अग्ला डाडाँ मध्ये भित्र थोले देम्बा पनि पर्छ । यसको उचाई ३१५० मिटर रहेको छ । जिल्लाका  खिजिफलाटे, चण्डेश्वरी, भूसिंग, रागदोलु, खिजिकती र पात्ले लाई देम्बा डाडाँले छोएको छ । डाडाँबाट हिमालको दृश्यवलोकन गर्न सकिन्छ । त्यहाँबाट काठमाडौं समेत देखिन्छ । त्यसैगरी रामेछाप, भोजपुर, खोटाङ, सिन्धुली, काभ्रे, दोलखाका विभिन्न भागहरु नियाल्न सकिन्छ । २-४ वर्ष पहिले यही डाडाँबाट नेपाल सरकारले नापी पिलर राखेर नक्सांकन तथा सिमांकन गर्ने गरेको थियो । अहिले पनि त्यसबेला राखेको पिलर त्यहाँ रहेको छ । धार्मिक हिसाबले भदौ पूर्णिमाबेला यारजाङ मेला लाग्ने गर्छ ।
महोत्सवकाआकर्षक के के हुन् ?
मुख्य देम्बाडाडाँ नै हो । डाँडा नजिकै जिल्लाकै ठूलो किल खोरदिङ गुम्बा छ ।गुम्बा भने भूकम्पले क्षतीग्रस्त छ । त्यस अलवा स्थानीय संस्कृती, भाषा तथा खानपान पनि हो । त्यहाँ शेर्पा, तामाङ, नेवार, सुनुवार लगायतका जातीको बाक्लो बसोवास छ । त्यसैगरी हामीले डाडा बाट प्यारग्लाइडिङको टेष्टफलाइट पनि गर्न लागेका छौं । नेपालमा पाईने अधिकांश गुराँस त्यहाँ पाइन्छ ।
हाम्रो उद्देश्यमहोत्सव एक पटकमात्रै नभएर निरन्तर ३ वर्षसम्म गरेर पर्यटकीय केन्द्र बनाउने हो । तर्सथ देम्बा डाडाँलाई केन्द्रविन्दु बनाएर तयार गरिएको टे«किङ रुट प्रचलन ल्याउने हो । लिखु खोलाको किनारबाट नेपालकै दोस्रो ठूलो पोकलीझरनाहुँदै चियाबगान, थोलेदेम्बाको दृश्यवलोकन गर्न सकिने पोकलीपीके टे«किङ टे«ल बनेको छ । यसैलाई प्रचार ल्याउनपनि सहयोग महोत्सवले पुराउँछ । हामीले पर्यटकलाई कसरी आकर्षण गर्न सकिन्छ भनेर चिया बगान बनाउने देखि नयाँ ठाउँको विकास गर्न लागिरहेका छौं । भ्युटावर बनाउनेदेखि लिएर इन्टरनेटको व्यवस्था गर्ने सम्मको गतिविधिमा लागेका छौं ।
यसको मुख्य आयोजक कस्ले गरेको हो ?
मुख्य आयोजक स्थानीय २ वटा शेर्पा किदुगले गरेका हुन् । थोलेदेम्बा शेर्पा किदुग र पात्ले शेर्पा समाजको अग्रसरतामा भएको हो । अग्रसरता २ वटा संस्थाको रहेपनि सक्रियता भने जिल्लाका पर्यटन व्यवसायी देखि लिएर संघ संस्था, सरकारी कार्यालय, गैरसरकारी कार्यालय समेत लागि परेका छन् । महोत्सवलाई सफल बनाउन जिल्ला देखि  केन्द्रका राजनीतिज्ञ समेत लागि परेका छन्् । ३ दिन सम्म चल्ने महोत्सवमा ३ करोड ३७लाखखर्च हुने अनुमानगरिएको छ । लाखौं आन्तरिक र हजारौं बाह्यपर्यटक महोत्सवमा पुराउने लक्ष्यका साथम होत्सवको तयारी गरिरहेका छौं । 

शेर्पाखबर साप्ताहिकबाट सवार गरेको @sherpakhabar

3 thoughts on “थोले देम्बा महोत्सवमा लाखौं पर्यटन पुराउँछौ ःटेण्डी”

  1. sunuwar lai sunar lekhne??
    padhai lekhai kamjori… ho ki??
    sunuwar n sunar dherai fark xa,,
    sunuwar is indigenous u don’t know ??
    tetikai hepxa Rongba harule??
    tetikai janai jani guhu vote vanxa??
    Yaad rahos mitra turuntai sachaunus

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित लेखहरु

  • Side Bar Add