2017-04-27-Thursday

जुबुका रामकुमार गिरी र अम्बर गुरुङको घर जलेर नष्ट

जुबुका रामकुमार गिरी र अम्बर गुरुङको घर जलेर नष्ट

२७ चैत्र – जंगलबाट सुरु भएको एउटै डढेलोले खोटाङ र सोलुखुम्बुमा तीन घर जलेको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित बाबियोखर्क सामुदायीक बन र तसारे जुवारे सामुदायिक वनबाट सुरु भएको डढेलोले जलेश्वरीका सन्तोष गिरी, सोलुखुम्बु जुबुका रामकुमार गिरी र अम्बर गुरुङको घर जलेर नष्ट भएको हो ।

खोटाङ र सोलुखुम्बुको सिमानामा रहेको वनमा शनिबार दिउँसो सुरु भएको भीषण डढेलोले साँझपख स्थानीयको घर र गोठ जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । डढेलो नियन्त्रणको प्रयासकाक्रममा जुवुका टेकबहादुर गुरुङ घाइते भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले भने यतार्थ विवरण प्राप्त नभएको बताएको छ ।

घना जंगलमा लागेको भीषण डढेलो नियन्त्रण बाहिर गएको छ । सोलुखुम्बुको प्रहरीचौकी सुकेपोखरी र ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरी र स्थानीयले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् । डढेलोबाट बच्नका लागि कतिपय स्थानीय अग्नीरेखा बनाएर तथा घरको छानामा पानी बोकेर बसिरहेका ऐसेलुखर्कका किशोर राईले बताए ।

Image may contain: cloud, mountain, sky, outdoor and nature

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित लेखहरु

  • Side Bar Add