2017-03-28-Tuesday

जनजातीले उठाएको मागलाई राज्यले सम्बोधन गर्नुपर्छ : पेम्बा गेलु शेर्पा

आदिवासी जनजाती महासंघ बेल्जियम र नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष पेम्बा गेलु शेर्पा सोलुखुम्बुमा जन्मिएर हाल बेज्यियममा बस्दै आउनु छ ।
उहाँले सोलुखुम्बुमा आफ्नो पढाइ सकाएर काठमाडौमा आएर पर्यटन क्षेत्रमा लाग्नु भएको थियो । पर्यटन क्षेत्रमा सरदारको भुमिका निभाउदै युरोपियन देशहरुको भ्रमण गर्दै हाल राजनिती एमव समाज सेवामा लाग्नु भएको छ ।

उहाँसँग आज इशान्ति मार्ग डटकमले कुराकानी गरको छ लागौँ कुराकानी तर्फ ।

हाल केमा व्यास्त हुनुहुन्छ ?
अहिले आदिवासी जनजाती महासंघ बेल्जियम र संघिय समाजवादी पार्टीको भातृ संगठन नेपाल संघिय समाजवादी युरोपको अध्यक्षताको रुपमा कार्यरत छु र यी दुइ संस्थामा नै व्यास्त छु ।

आदिवासी जनजाती मंहासंघ बेल्जियम र नेपाल संघिय समाजवादी पार्टीको अध्यक्षको नाताले नेपालको राजनितिक अवस्थालाई कसरी हेर्नु भएको छ ?
नेपालको राजनितिक अवस्था अहिले जटिल अवस्थामा छ । यस जटिल अवस्थामा नेपाल र नेपाली जनताले मुक्ति वा निकास पाउनुपर्छ भन्ने मलाई लाग्छ ।

आदिवासी जनजाती महासंघ बेल्जियमले कस्ता कस्ता कार्यहरु गर्दै आइरहेको छ ?
सबै जनजातीहरुलाइ एक गराउने काम गरि रहेका छौँ , हामीले भाषा, कला र सांस्कृतिको महत्वबारेमा जानकारी गराउने गरेका छौँ । राज्यले हामीलाई पहिचान सम्मान नगरेसम्म हामीले राज्यले आह्वान गरेको कुनैपनि कार्यक्रममा आफ्नो भेषभुसा प्रदर्शन नगर्ने जब हामीलाई राज्यले सम्मान र हाम्रो अधिकार दिन्छ तब हामीले तन, मन,धन लगाएर आफ्नो मातृ भुमिको सेवामा लाग्नुपर्छ भनी हामीले आह्वान गरेका छौँ ।

सोलुखुम्बु देखि बेल्जियमसम्म पुग्नु भएको छ । राजनितिक यात्राको सुरुवात कसरी गर्नु भयो ?
राजनिती र समाजसेवा मेरो एउटा इच्छाको विषय हो । आफु पेसेवार रुपमा नलागेपनि राजनितिको बारेमा चासो लागि रहन्छ । किनभने हामी समाजमा बस्ने प्राणी भएकोले सामाजिक ज्ञान हुनुपर्छ । नेपालको अवस्थामा चाही केही परिर्वतनहरु नागरिकलाई राजनितिक के हो भनी जन्नु पर्छ । भनी लागेको छु । राजनितिको बारेमा मलाई पञ्चायत काल देखि नै जान्दछु । राजनितिमा चाही जब संघिय समाजवादी पार्टीको जन्म भयो त्यो दिन देखि सक्रिय रुपमा विदेशमा बसेर राजनितिक क्षेत्रमा लागि परेको छु ।

राजनिति र समाजसेवामा लाग्दाको अनुभव ?
अहिले राजनितिमा प्रवेश चाही मेरो आफ्नो जिवनको पहिलो चोटी हो । एउटा सक्रिय पार्टीको हैसियतले संघिय समाजवादी पार्टी छ । यसले जातिय र सामाजिक मुद्दालाई बोकेको हुनाले सामाजिक र राजनितिक क्षेत्रमा लाग्न सजिलो भएको छ । यी दुइले गर्दा नै जिवनमा धेरै कुराहरु सिक्न पाएको छु ।

समाजसेवामा लाग्नु भएको छ कसरी लाग्नु भयो ?
समाजसेवामा आफ्नो देशको गरिवीपन, पछाडिएका समुदाय, अशिक्षा देखेर लागि परेको छु । धेरै नागरिहरु दुखी भएकाले र युरोपका सम्पुर्ण नागरिकहरुले शिक्षा, स्वास्थ्य,यातायत, रोजगारको सबै सुविधा पाएको हुन्छ । तर हाम्रो देशमा बेरोजगारको समस्या धेरै छ । शिक्षा आर्जन गर्नका लागि आर्थिकले रोकी रहेको हुन्छ । यी समस्यहरु देखेर चेतनामुलक काम गर्नु पर्छ भनी समाजसेवा तिर लागेको छु ।

सोलुखुम्बु देखि बेल्जियमसम्मको यात्रा ?
स्कुल सकेपछि पर्यटन व्यावसायमा लागियो पर्यटन व्यावसायमा सरदारसम्म पुग्ने अवसर पाए नेपालमा र सरदार गर्दा गर्दै विदेशीहरुसँग इटली, स्वजल्याड जाने मौका पाए । पछि विदेशी साथीहरुले विदेशमा काम गर्न जाउ भनेकाले उहीहरुसँग पहिलो चोटी पर्यटन टे«किङको हिसावले युरोपमा पुगेको थिए । अहिले बेल्जियममा नै बसी रहेको छु ।

विदेशमा नेपालको राजनितिक अवस्थाको बारेमा कतिको चर्चा हुने गर्छ ?
विदेशीहरुलाई र विदेशमा बस्ने नेपालीहरुलाई नेपालको बारेमा धेरै चिन्ता छ । नेपालको दुख, गरिवी, आर्थिक, राजनितिक र सामाजिक अवस्थाको बारेमा सोच्ने गर्छ । नेपालीहरु अहिले पनि आर्थिक र सामाजिक रुपमा अन्य देशको तुलनामा पछि नै छ । यही कारणले विदेशमा बसेका नेपालीहरुले आफ्नो देश बनाउनु पर्छ भनी रहेको छ र नेपाल फर्किनु पर्छ भन्ने भावना प्रत्येक नेपाली नागरिकको मनमा छ ।

जनजातीले उठाएको मुद्दालाई विदेशमा बसेका नेपालीले कसरी हेरिरहेको छ । ?
विदेशमा बस्ने विषेश गरि बेल्जियम र युरोपमा बस्नेले संघिय समाजवाद र पहिचान भन्ने कुरालाई बुझेको छ । किनभने हामी पहिचान सहितको संघिय मुलुकमा बस्छौँ । बेल्जियम, युरोपहरुमा भाषिक,धार्मिक, जातियताको आधारमा संघियता छ । संघिय मुलुकमा बसेर समाजवादको सुविधाहरु उपयोग गरि रहेको हुनाले संघियता ठिक छ भनी विदेशमा बसेका नेपालीहरु भन्ने गर्छ । यसमा विशेष गरि आदिवासी जनजाती सक्रिय हुनुपर्छ । भन्ने कुरामा विदेशमा रहेका आदिवासी जनजातीहरुले बुझेको छ ।

हाल तपाई राजनिती क्षेत्रमा सक्रिय रुपमा लाग्नु भएको छ । परिवारिक जिवन र राजनितिलाई कसरी मिलाउनु भएको छ ।
राजनितिलाइ मेरो फुर्सदको समयलाई दिएको छु । अन्य समय म मेरो परिवार र पेसालाई दिने गर्छु । अहिले परिवारमा बच्चाहरु उमेर पुगिसेकेको र बेल्जियमको हैसियतमा १८ बर्ष पुगि सकेपछि आफै सक्षम हुनुपर्छ । र २० र २१ बर्ष पुगेपछि उनीहरु आफैले आफ्नो जिम्मेवारी उठाउन सक्ने भएकोले परिवारको खासै बोझ मलाई छैन । र बेल्जियममा श्रीमान श्रीमती आफै सक्षम हुने भएकोले नेपालको जस्तो श्रीमतीले श्रीमानको र श्रीमानले श्रीमतीको चिन्ता लिनु नपर्नै भएकोले परिवार र राजनितिक क्षेत्रलाई मिलाउन सजिलो भएको छ ।

अहिले शेर्पा समुदायले शेर्पा स्वायत्त प्रदेशको माग गरिरहेको छ । यस विषयमा तपाई के भन्नु हुन्छ ?
शेर्पाहरुलाई शेर्पा स्वायत्त प्रदेश चाहिन्छ । शेर्पालाई मात्र हैन सम्पुर्ण आदिवासी जनजातीहरुलाई पहिचान र अधिकार पाउनु पर्छ । जसको भाषा, कला, सांस्कृति छ । उनीहरुलाई सम्मान पुर्वक राज्यले अधिकार दिनु पर्छ । कुनै पनि व्याक्ति वा समुदायलाई अधिकार दिएर राज्यलाई घाटा हुदैन । नदिएको खण्डमा तपाइको घरमा पनि बालबालिकालाई माया गरेन भने घर छाडेर जान सक्छ । यो अवस्था पनि आउन सक्छ राजनिति हो भन्न सकिदैन । यो हाम्रो धारणा हो । र कुनै पनि नागरिक त्यो ब्राहमन क्षेत्री नै किन नहोस् अधिकार प्राप्त गर्नका लागि उग्र हुनु पदैन । व्याक्ति आंतकित हुनु पदैन । तारा लगाउनु पर्नै अवस्था छैन । हामीले हाम्रो अधिकारका लागि लड्ने हो । हक अधिकारको लागि लड्दा अरुको अधिकारको पनि रक्षा गर्नु पर्छ । चाहे त्यो बाहुन क्षेत्री, शेर्पा लिम्बु, मगर होस हामी सबै नेपाली नागरिक हौँ । अहिले जनजातीले अधिकार मागी रहेको अवस्था छ । तमुवान, लिम्बुवान, शेर्पा स्वायत्त प्रदेश वाय भन्ने कुरा जायज छ । यो सृष्टि देखि नै आएको समुदाय हो । यसमा नत शेर्पा समाप्त हुन सक्छ तन गुरुङ नै समाप्त हुन सक्छ । जे होस राज्यले जनजातीले उठाएको मागको सम्बोधन गर्नु पर्ने हुन्छ उनीहरुको हक अधिकार दिलाउनु पर्ने हुन्छ । उदाहरणका लागि हामीले युरोपियन मुलुकहरुलाई हेर्न सक्छौ बेल्जियममा ३ वटा राष्ट्रिय भाषा छ । यहा ६८ लाख जनताले नेदरल्याण्ड, ५१ लाखले फ्रेन्स, ६५ हजारले जमर्न भाषा बोल्ने गर्छ ।

नेपालको विकास गर्न अव के गर्नु पर्छ ?
नेपालको विकास गर्न नेपालका प्रत्येक नागरिक र समुदायलाई राजनितिमा समावेश गराउनु पर्छ । जुन पहिचान सहितको संघिय र संघिय सहितको सविधान समानुपातिक र समाबेशीता र समान सहभागीता मुलक हुनुपर्छ । यसले नेपालको विकास गर्नमा सहयोग गर्छ । अर्को कुरा हामी पहिलो पुस्ता जो विदेशमा गएर बसि रहेका छौँ उनीहरुका लागि दोहोरो नागरिकताको व्यावस्था गर्नु पर्छ । विदेशमा बसेका नेपालीलाई स्वादेश फर्काउन सक्ने खालको बातावारण बनाउनु पर्छ । र नेपाल प्रति आर्कषित गराउनका लागि विदेशमा रहेका नेपालीहरुलाई पनि राष्ट्रिय निर्वाचनमा मतदान गर्न पाउने अधिकार दिनु पर्छ यसो गरेमा नेपालको विकास गर्न सकिन्छ ।

पद्म रत्न तुलधारको नेतृत्वमा अहिले राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । यसमा विदेशमा भएका जनजातीहरुले कतिको साथ दिएको छ ?
यसमा जनजातीहरु एकदमै सक्रिय छ । आदिवासी जनजाती महासंघको अध्यक्षताको नाताले हामीले अमेरिका बेल्जियम लगायत युरोपियन मुलुकका २२ वटा मुलुकका आदिवासी जनजाती महासंघका अध्यक्षहरुले संयुक्त रुपमा विज्ञाप्ती निकाली एकयाबद्धता जनाएको छ । आन्दोलनका क्रममा आर्थिक भौतिक एवम नैतिक रुपमा सहयोग गर्ने विज्ञाप्तीमा उल्लेख छ ।
अहिले तपाई बेल्जियमबाट नेपाल आउनु भएको छ परिवारीक कारणले आउनु भएको हो की जनजातीको आन्दोलनमा सरीक हुनलाई आउनु भएको हो ।
“लामो हासोसँगै” शेर्पाले भने पशुपतिको जात्रा सिद्राको व्यापार भने झै म पनि परिवारिक भेटघाटसगैँ जनजातीहरुको आन्दोलनमा सहभागी हुनका लागि नेपाल आएको छु । र म संघिय समाजवादी पार्टी बेल्जियमको अध्यक्ष भए पनि नेपालका नेताहरु र कार्यकत्ताहरुलाई नचिन्ने भएकोले चिनजान गर्न आएको छु । यस क्रममा २२ दलको कार्यक्रममा पुर्वको ताप्लेजुङसम्म पुगेको छु । ग्राउन लेभलमा बास्तविक जनताहरु परिवर्तन चाही रहेको छ । यो कुरा राजनितिक दलका नेताहरुले बुभ्mन गरुरी छ ।

अन्तमा केही भन्न चाहानु हुन्छ ?

अन्तमा सबै नेपालीले नेपालीलाई अधिकार दिलाउनमा सहयोग गर्नुपर्छ । व्यक्ति, समुदायको अधिकार दिनु पर्छ । विशेष गरि जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारीको सुविधा दिलाउनु पर्ने हुन्छ । जनता शिक्षित एवम स्वास्थ्य रहेमा मात्र विकास निमार्णको काम गर्न सक्छ । साथै सहर नगर सरसफाइ देखि लिएर खाना पनि स्वास्थ्यकार खानाहरु उपलव्ध गराउनु पर्ने हुन्छ । र नागरिकहरुमा चेतना मुलक कार्यक्रमहरु संचालन गरि चेतनशिल बनाउन पर्छ यसो गरेमा नेपालको भविष्य उज्यालो तर्फ जान सक्छ ।
तपाइलाई धेरै धेरै धन्यावाद इशान्ति मार्ग डटकमलाई समय दिनु भएकोमा
धन्यावाद

प्रस्तुति डोमा शेर्पा

सम्बन्धित लेखहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • Side Bar Add