2017-03-28-Tuesday

कोल्ड डायरिया र उपचार

डा. लालित कुमार मिश्र

पुस ५, २०७३- जाडोको महिनामा लगभग सबैजसो प्राईभेट क्लिनिक तथा सरकारी अस्पतालमा विन्टर डायरिया अर्थात हिउँदमा हुने झाडापखालाका रोगिहरुको चाप निकै बढेको हुन्छ। जसमा नवजात शिशु र कम उमेरका केटा-केटीहरुको संख्या बढी हुन्छ ।

गर्मियाममा हुने झाडापखाला त्यति खतरनाक हुँदैन जति जाडोमा हुने डायरिया हुन्छ । जाडोमा डायरिया हुने मुख्यकारण चिसो लाग्नु हो। हिऊँदमा चिसो अत्यधिक हुन्छ, झन तराईतिर त शितलहर नै चल्छ। जाडोको मौसम सुरु हुने बित्तिकै ‘रोटाभाइरस’ अत्यन्त सकृय हुन्छ । जाडोयाममा हुने डायरिया रोटाभाइरसको कारणले गर्दा नै हुन्छ।

जाडो सिजनलाई स्वास्थ्यको दृष्टिकोणले रोगरहित मानिन्छ । जे खाएपनि सजिलैसित पच्छ । तर शारीरिक रुपले कमजोर बालबालिकाहरुमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ र यस्ता बालबालिकाहरुलाई संक्रमणको संभावना बढी रहन्छ । प्राय: डायरिया (झाडापखाला)मा सामान्य कुरामा ध्यान दिए एक सप्ताहमा आफैं ठिक हुन्छ । यसकोलागि कुनै औषधिको आवश्यकता नै पर्दैन । तर डायरिया हप्ता दिनभन्दा बढी रह्यो भने यसलाई क्रोनिक डायरिया भनिन्छ। यसको ऊपचार समयमा गरिएन भने यो खतरनाक पनि हुनसक्छ । सावधानी अप्नाएमा यो समस्यालाई निको पनि पार्न साकिन्छ । यदी डायरियाको समुचित उपचार गरीएन भने जलवियोजन (डिहाइड्रेसन) -शरीरमा पानीको मात्रा कम हुनसक्छ। शरीरमा पानीको मात्रामा कमी हुन गई बिरामीको मृत्यु पनि हुनसक्छ ।

डायरियाबाट बच्नेऊपाय

  • दिसा गरिसकेपछि साबुनपानीले हातधुने ।
  • खानाखानुभन्दा अगाडि साबुनपानीले हातधुने ।
  • फलफुल तथा हरियो सागपात राम्रोसंग धोईपखाली मात्र खाने ।
  • खानेकुरालाई छोपीराख्ने ।

के गर्ने

  • बच्चालाई जीवनजल दिइ रहने ।
  • आमाको स्तनपान जारीराख्ने।
  • खाना बन्द नगर्ने बरु हुनसक्छ भने बच्चालाई नरम खाद्यपदार्थ- जस्तै- केरा, ऊसिनेको आलु मुछेर खान दिने ।

के नगर्ने

  • बच्चालाई मात्र ग्लुकोज या चिनी पानीको झोल नदिने । ग्लुकोजको झोल मात्र दिँदा शिशुको पेटमा ग्यास ऊत्पन्न हुन्छ । जसले गर्दा ब्याक्टेरिया संक्रमणको संभावना बढेर जान्छ ।
  • यस्ता तरलपदार्थ पनि नदिने जसमा केफिन को अंश होस् । जस्तै-कोकाकोला, कफि आदि।
  • डायरियाको रोगीलाई आमाको दूधबाहेक बाहिरी दूध तथा दूधबाट बनेकोपरिकारहरु पनि दिनु हुँदैन।

उपचार

जलबियोजनहुन न दिन बच्चालाई सधैको भन्दा बढिमात्रा मा झोलियपदार्थ ख्वाउनुपर्छ। झाडापखाला न थामिए सम्म झोलिय तरलपदार्थ दिन जरुरी छ । प्रत्येकपटक पातलो दिसा गरेपछि, जीवनजल दिनुस् । जीवनजलको मात्रा २ देखि १० वर्षसम्मका लागि १०० देखि २०० मिलि, १० वर्ष भन्दा माथीकालाई बिरामीले चाहेजति दिनुस् । डायरिया लागेको विरामिको ऊपचारको मुख्य ऊदेश्य जलवियोजन हुन नदिई रोगीको प्राण बचाऊनु हो ।

पुनर्जलिय प्रकृयाबाट जलवियोजनको उपचार भएमा झाडापखालाका बिरामीहरु आफैं ठिक हुन्छन् । त्यसकारण झाडापखाला लागेको बिरामीको लागि पुनर्जलिय उपचार नै सबैभन्दा महत्वपुर्ण उपचार हो । बिरामीलाई कसरी र कतिसम्म पुनर्जलिय उपचारगर्ने भन्नेकुरा बिरामीको शारीरिकअवस्था र जलवियोजन को स्थितिमा भरपर्ने हुदाँ पहिले बिरामीको स्थितीको लेखाजोखा गर्नुपर्दछ र सोहिअनुसारको उपचार गर्नुपर्ने हुन्छ ।

स्वास्थ्यसंस्थामा लानुपर्ने अवस्था

  • धैरैपटक पातलोदिशा गरेमा ।
  • राम्ररीखान वा पिऊन नसकेमा ।
  • तारन्तार बान्ता गरेमा ।
  • ज्वरोआएमा ।
  • ज्यादै तिर्खाएको अवस्था भएमा ।
  • दिसामा रगत देखिएमा ।

सम्बन्धित लेखहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • Side Bar Add