निम्लेकी शेर्पा

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १६औ सञ्चालक परिषदको बैठकमा बोल्दै आजबाट काठमाडैमा सुरु भएको छ । उपप्रधान तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छादारको प्रमुख आतिथ्यमा सूरु भएको बैठकमा नेपालभरीका आदिवासी समुदायको क्षेत्रबाट विभिन्न तवरबाट काम गर्दै आएका संघसंस्थाहरुको सहभागी रहेका छ ।


कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छादारले स्थानीय तहको निर्वाचनपछि स्थानीय तहको विकासमा मात्र नभई नेपालका आदिवासी समुदायको आवाजलाई समेत सम्बोधन गर्ने बताउनु भएको छ । प्रतिष्ठानको कामको प्रशंसा गर्दै मन्त्री गच्छदारले प्रतिष्ठानले आदिवासी हक अधिकार र उनीहरुको संरक्षण संर्वद्धनका लागि प्रभावकारी रुपमा काम गर्दे आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिन अग्रह समेत गर्नुभयो । कार्यक्रममा आफनो शुभकामना मन्तब्य राख्दै आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले प्रादेशिक संरचनाबाट केन्द्रमा भएका अधिकारहरु स्थानीय तहमा लागे पनि आदिवासी समुदायको हक अधिकार सुनिश्चित नभएको बताउनुभयो । उहाले प्रादेशिक संरचना र स्थानीय तहको विस्तारसंगै सरकारी तवरबाट आदिवासी जनसमुदायको निम्ति काम गर्दै आएको एक मात्र आदिवासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठानको पनि विस्तार गरिनु पर्ने कुरामा जोड दिनु भएको छ । अध्यक्ष्ँ बरामले प्रतिष्ठानको विस्तार र आदिवासी आयोगको माग गर्दै यसप्रति सरकारले उदासिनता देखाइरहेका समेत बताउनुभयो ।
बैठकमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको प्रादेशिक संरचना, विगतका कार्यक्रम र भावी कार्ययोजना तर्जुलगायतका विषयमा छलफल गरिनेछ । साथै प्रतिष्ठानको विगतका कामकारबाही बजेट र भावी कार्ययोजनाहरुको बारेमा पनि छलफल हुन्दैछ । बैठक असार २६ र २७ गते चल्नेछ ।