हाम्रो समाजमा परम्परादेखि चल्दै आएका अन्धपरम्परा, अन्धबिश्वास झै लाग्ने कथालाई किम्वदंती भनिन्छ । खास गरि दुर्गाम क्षेत्राका विपान्न वर्गका त्यसै गरि अलिक चेतनको कमि भएको स्थानमा भुत ,भोगि वुढापाकाहरुबाट उहिलेदेखि नै मौखिक रुपमा यस्ता किम्वदंतीहरु फैलाएको प्रचलन पाईन्छ । यी कथा समाजमा वस्नेहरुलाई नियम अनुशासनमा रहन सृजना गरिएको र कतिपय कुराहरु सत्य सावित भएका पनि पाईन्छन् । उदाहरण स्वरुप तल केही त्यस्ता रोचक परम्पराहरु प्रस्तुत गरिएको छ ।
कोही व्यक्ति काममा बाहिर  कतै जान लाग्दा अर्कोले देखेर कता हिडेको भन्नु,  बाटोमा रित्तो गाग्री, रित्तो डोको देखियो, बिरालोले बाटो काटेमा साइत बिग्रेर कुन काममा हिडेको हो, त्यो चितएको पुग्दैन, बरु भरीएको भाँडाकुँडा व शव यात्रा देखियो भने शुभ साइत राम्रो हुन्छ भन्ने हाम्रो सामाजिक धारणा पाईन्छ । साँझ परे पछि कसिंगर बढार्नु हुदैन ।कसैले संझे बाडुली लाग्छ । अर्काले कुरा गरे घाँटी खसखसाँउछ ।आमाबाबु हुनेले केश खौरिनु हुदैन् ।एका बिहानै घर नजिक आएर एकाहोरो काग कराए कतेबाट नराम्रो खबर आँउछ भन्छन् ।रातभर एकहोरो कुकुर रोयो त्यो घर गाँउ, टोल बस्ती वरीपरी केही दिनमा मान्छे मर्ने वा अनिष्ट समाचार आउने संकेत हो भनिन्छ ।  जन्मदाको साईत, हिंड्दाको साईत, चिनजान भेट्घाटको साईत, बिहेको साईत, कुनै काम थाल्दाको साईत आदि जस्ता हरेक कार्यस्थितिमा साईत संजोग मुहुर्त राम्रो नराम्रो फल व उपालब्धि हुने गरेको बताईन्छ । मुसा व छुचुन्द्राहरु ४(५ वटा भई लहरै ताँती लागेर हिंडेको देखिए अनिष्ट हुने,अलक्षिण लाग्ने, नराम्रो सुचना आँउछ भन्छन् ।आफ्ना घर पालुवा पशुपंक्षीहरुm आफ्नो तवेला, थालो खोरबाट उठेर कराउने , खोस्रिने, आत्तिने डराउने भई किला दाम्ला उखेलेर  उफ्रदै दौडन्छन् भग्न थाल्छन् भने भुईचालो आउने, अनिष्ट हुने लक्षय हो भन्छन् ।बिहेको दिन पानी पर्यो भने दुलाह दुलाहीले डाँडु पन्यु चाटेछन् भन्छन ।आप्mनो काममा जाँदा एक्लो रुपी चरा देखिए साईत नपर्ने अर्थ अड्कल लाउने चलान छ ।
हत्केला चिलाए पैसा आँउछ, देब्रे हत्केला चिलाए पैसा खर्च हुन्छ भ्नछन् । पैतला चिलाए हिड्नु पर्छ रे । गाला, निधार र घुच्चुकमा हत्केल राखे अलिच्छिन लाग्छ । अांंैसीमा जन्मेकी छोरी मुल्याहा हुन्छे ।मुखमा खानेकुरा राखेर बोल्नु खराब हो ।हरियो झिंगाले घर घुम्यो भने दुखाई हुन्छ ।आँखा फुरफुराए क्षती हुन्छ ।बाहुनले धोति लगाएर मात्रै खानुपर्छ ।सबैले मुख नधोई खान हुँदैन । किलकिलेमा हात राखेपछि फुक्नु पर्छ । महिनावारी भएको महिलालाई छुनु हुदैन् । बुहारीलेससुरा र जेठानकोे अगाडी घुम्टोले टाउको ढाक्नु पर्छ । राती एैन हेर्नु हँुदैन् । घर भित्र नङ्ग काट्नु हुँदैन् आदि ईत्यादि किम्वदंतीहरु हाम्रो समाजमा प्रचलित संस्कारहरु हुन् । यसमा कति बैज्ञानिक सत्यता पनि भटिन्छन ।बिभिन्न किसिमका अन्ध परम्पराहरु नेपालका बिभिन्न जात जाति ,सम्प्रदायमा रहि आएको पाईन्छ ।
राई जातिको चिहान , चुहुलो, आगेनोतिर सिये भूत बस्छ, जो सुकै त्याँह जाँदा कुनै वेला भिरामी परिन्छ भन्छन ।लिम्बुको करेसाबारी, अदुवाबारी तिर गए देबा भूत बायु आदि लाग्छ भन्निछ । थारु तथा दुर जाति लगायत थुपै जातिहरु बिरामी परे धाँमी झाँक्रीद्धारा झारफुक् गराउछन् । व्यासी जाति शनिबार बाहिर ननिस्किने, मंगलबार परिवार नमिसिने्, एकै दिनमा दुईजना दुईतिर ननिस्किने, स्वास्नीले हलो नजोत्ने, एकै भाँडाको पानीले मामा भाञ्जाले हात नधुने, जन्मबारमा कतै जानु नहुने, बाँहिर निस्कँदा फुटेको भाँडो, बिधुवा नारी देखिए साईत पर्दैन् भन्ने गर्छन् । राजबंशीेले बाटो हिड्ँदा सर्पले बाटो काटे,बिरालोले बाटो काटे, कसैले बाँस काटेको देखे,काँधमा कोदाली लिएर फर्केको देखे साइत पर्दैन् भन्छन् । बिहे गरेको पहिलो बर्ष सासुसँग बस्न नहुने, श्र्रावने पानी चलन माईत वा कतै जानु पर्ने चलन छ । सामाजमा छुवाछुतको भावन त्यत्तिकै छ ।जैसि बाहुनले वा अरुले छोएको खानेकुरा उपध्याय बाहुनले नखाने,नेवारले छोएको क्षेत्री र क्षेत्रीले छोएको वा पकाएका खानेकुरा नेवारले नखाने, कामीले छोएको दमाईले र दमाईले छोएको कामीले नखाने, चार जातका गुरुङ्ग र सोह्रा जातका गुरुङ्ग बीच भातभन्सा र बिहेवारी भेदभाब हुनु, तामाङ्ग र तामाङ्ग बीच भेदभाव हुनु जस्ता कुप्रथाहरु अझै कायम छन् ।कतिपय ती असहज परम्पराहरु हराँउदैछन् ।
यसको कुनै बास्तबिक पक्ष पनि नभएका होइनन् ।जस्तो साँझामा कसिङगर बढारे कुनै समान वा वस्तुहरु पनि अन्जनमा बढारिएर जान सक्छ । खाँदै बोल्नु हुदैन भन्नुको तात्पर्य जुठो उछिट्टीएर अर्कोलाई पर्छ । घरमा झिंगा भन्किए रोग ल्याँउछ ।घरभित्र नङ्ग काटे फोहोर हुन्छ भनि सचेत गराउन यस्तो किम्बदंती सृर्जना गरिएका पनि हुन सक्छ ।लुगा फेरेर भात खानु भनेको शरीरका फोहोर किटाणुबाट बच्नु हो ।स्वास्थाको निम्ति हात मुख धोएर मात्र भात खानु उत्तम मानिन्छ ।महिनावारी भएकी महिला दुषित रगतका कारण नछुनु भनेको बुझिन्छ ।बुहरीले ससुरा जेठाजुको अगाडि घुम्टोले टाउको छोप्नु सभ्यता मर्यदा र धर्मको परम्परा हुन सक्छ । हाम्रो समाजमा यस्ता कतिपय अन्धपरम्पराहरु हचुवको भरमा र सामान्य हल्लको आडमा स्पष्ट नबुझी पनि मान्ने चलन छ । अवको दिनमा त्यस्ता अनमेल, असमान, असन्तुलन र असजिलो परम्परालाई शिक्षा, र चेतनाले बिस्तारै परास्त गदै लानु पर्ने देखिएको छ ।
कार्मा शेर्पा
शेर्पा सञ्चार समुह नेपाल
केन्द्रिय कार्यलाय बौंद्धा ६ टुसाँल
काठमाण्डौं नेपाल