2017-06-27-Tuesday

अझै सञ्चार सुबिधा नपुगेको गाउँ “गुदेलको योक्स्खा”

रेडियो प्रमुख सञ्चार माध्यम

जेपी थुलुङ, सोलुखुम्बु

४ चैत्र २०७३ – अझै पनि टेलिफोन तथा मोबाइल सेवा नभएको ठाउँ छ भन्ने कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । तर सोलुखुम्बुको गुदेलमा रहेको योक्स्खा गाउँ अपवाद बनेको छ । जिल्लामा सञ्चालिन कुनै पनि टेलिफोन तथा मोबाइलको सेवा त्यहाँ अझै पुगेको छैन ।
स्थानीयहरु सञ्चार सम्पर्कका लागि दिनहुँ एक घण्टा हिड्न बाध्य छन् । फोन गर्नकै लागि उनीहरु निम्चोला डाँडा धाउनु पर्ने बाध्यता छ । “फोन गर्न घण्टौं हिड्नु पर्छ, हामीलाई किन सञ्चारवाट बञ्चित गरिएको होला ?” स्थानीय ङिमासाङ्गे तामाङको गुनासो गर्नुभयो ।
गाउँको जनसंख्या थोरै र कम घर भएका कारणले पनि कसैले वास्ता नगरेको हुन सक्ने स्थानीयको अनुमान छ । निम्चोला डाँडामा पनि सिडिएमए फोनको मात्रै नेटवर्क उपलब्ध रहेको स्थानीय पासाङ शेर्पाले जानकारी दिनुभयो ।
१५ घर रहेको योक्स्खा गाउँका बासिन्दाको प्रमुख सञ्चार माध्यमका रुपमा रेडियो रहेको छ । रेडियोवाट नै जिल्ला र देश बिदेशका खबर उनीहरुले थाहा पाउने गरेकाछन् । स्थानीय रेडियोहरुवाट जिल्लाको खबर थाहा पाउँदा स्थानीय दंग पर्ने गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित लेखहरु

  • Side Bar Add