Featured News
३०० आदिबासी सभासद्को हस्ताक्षरले बाहुनबादी एकता धर्मरायो
मिति २०६९ साल जेष्ठ ५ गते आदिबासी जनजाती, दलित, मदेशी, मुश्लिम लगयतका ३०० भन्दा बढी सभासदले हस्ताक्षर सहित एकल पहिचान बिनाको संघिय प्रदेश अंमान्य हुने र समयमै संबिधान जारी गरी तीन दलका तीन नेताले कथित सहमतिको नाममा संबिधानसभालाई बन्दक नबनाउन हस्ताक्षर बुझाएको छ ।
जसमा केही आदिबासी सभासद्ले बाहुनबादीहरुको प्रलोभनमा परि ... Read More
No Comments
११ प्रदेश बनाउने सहमतिको औचित्य सकियोः प्रचण्ड
६ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११ प्रदेश बनाउने दलहरुको सहमतिको औचित्य सकिएको बताउनु भएको छ ।
सहमतिको एउटा पक्ष मधेसी मोर्चाले असमतिमा असहमति जनाउँदै सरकारबाट बाहिरिने भनिसकेको भन्दै उहाँले अब नयाँ शिराबाट सहमति खोज्नु पर्ने बताउनु भयो । शनिबार राजधानीको तिनकुनेमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष ... Read More
No Comments
७३ वर्षीया जापानी महिला सगरमाथामा
काठमाडौं, जेष्ठ ६ - ७३ वर्षीया जापानी महिला तामाए वातानाबेले एक दशकपछि सगरमाथा आरोहरण गरेकी छन् । उनले सन् २००२ मा आफैंले बनाएको सवैभन्दा बृद्धा महिला आरोहीको रेकर्ड तोडेकी छन् ।
गत अप्रिलमा विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न काठमाडौं छाडेकी उनले तिब्बती मोहडाबाट सफल आरोहण गरेकी जापानी फोटोग्राफर नोरियुकी मुरागुचीलाई ... Read More
No Comments
बेल्जियममा संयुक्त संघर्ष समिती गठन
नेपाली जनजाती सरोकार मन्च, बेल्जियमको पहलमा राज्य पुनर्संरचनामा अग्राधिकार सहितको जातीय पहिचान तथा सामार्थ्यको आधारमा राज्यको वैज्ञानिक पुनर्संरचना गरौं भन्ने उद्देश्यमा संगठीत हुँदै संघर्षलाई अगाडि बढाउन निम्नानुसारको संयुक्त संघर्ष समिती गठन गरिएको छ ।
संयोजक
मेख गुरुङ
सोनाम शेर्पा, अध्यक्ष (शेर्पा समाज, बेल्जियम)
श्री प्रशाद गुरुङ, अध्यक्ष ( तमु समाज, बेल्जियम )
कुल मगर, अध्यक्ष ... Read More
No Comments
‘खस–आर्यलाई ‘आदिवासी’ बनाउनले सहमति हस्यास्पद’
काठमाडौ, जेष्ठ ५ - नेपाल आदिवासी जनजाति महासंघले सरकारले आन्दोलनकारीसंग 'खस–आर्य' आदिवासी सूचिकृत गर्ने सहमतिलाई बहुलट्ठीपूर्ण सम्झौता भन्दै विरोध गरेको छ ।
महासंघका अध्यक्ष राजकुमार लेखी थारुले शुक्रबार बिज्ञप्ति प्रकाशित गरी केही जाती समूहलाई आदिवासीका रुपमा तोक्ने भनी गरेको सहमति हास्यास्पद रहेको समेत उल्लेख गरेको छ ।
'आदिवासी जनजाति या अरु कुनै ... Read More
No Comments
ब्राह्मण-क्षत्री अब आदिवासी
काठमाडौ, जेष्ठ ५ - आन्दोलनरत ब्राह्मण, क्षत्री, दसनामी लगायतका जातीय समूहलाई आगामी संविधानमा आदिवासीमा सूचीकृत गर्न सरकार सहमत भएको छ । अनिश्चितकालीन आम हड्तालमा उत्रेको पहिलो दिन 'राष्ट्रिय अखण्डता र जातीय सदभावका लागि संयुक्त संघर्ष समिति' का प्रतिनिधिसँग सरकारले बिहीबार साँझ गरेको वार्तामा उनीहरूलाई आदिवासीमा सूचीकृत गर्ने ३ बुँदे लिखित ... Read More
No Comments
विषयगत समितिको प्रतिवेदनकै आधारमा प्रदेशको सीमांकनः प्रचण्ड
३ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाको राज्य पुनःसंरचना सम्वन्धि समिति र उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदनकै आधारमा ११ प्रदेशको नामांकन र सीमांकन हुने बताउनु भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको संंस्थापन पक्षको केन्द्रीय समितिको बैठकमा प्रचण्डले विभिन्न सञ्चार माध्यममा आएको सीमांकन गलत भएको बताउनु ... Read More
No Comments
११ प्रदेशको सहमति धरापमा परेकै हो त ?
'१० प्रदेश बनाउन माओवादी-मधेसी सहमत'
४ जेठ, काठमाण्डौ । ११ प्रदेश बनाउने तीन दलको सहमतिविरुद्ध मधेसी मोर्चा र जनजातिहरु उभिएपछि त्यसलाई सच्चाउन मुख्य दलहरुलाई दबाब परेको छ ।
सत्तारुढ मधेसी मोर्चाले नै मधेसमा प्रस्ताव गरिएका तीन प्रदेशलाई नघटाए सरकारबाट बाहिरिएर आन्दोलन गर्ने चेतावनी दिएपछि माओवादी एक प्रदेश घटाउनेमा सैद्धान्तिकरुपमा सहमत भएको छ ... Read More
No Comments
क्षेत्री बाहुनहरुको बन्द फिर्ता
काठमाडौ, जेष्ठ ४ - सरकारी वार्ता टोलीले आफुहरुलाई पनि 'खस-आर्य' आदिवासीको रुपमा सूचिकृत गर्ने सहमति भएको भन्दै ब्राम्हण, क्षेत्री, दलितलगायतका जातीय सस्थाहरुले बन्द फिर्ता लिएका छन् ।
राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि भन्दै बिहीबारदेखि अनिश्चितकालिन बन्दको आह्वान गरेको ति जातीय सस्थाहरुले शान्ति मन्त्रालयमा सरकारी वार्ता टोलीसग भएको वार्तामा उक्त सहमति ... Read More
1 Comments
पूर्व मन्त्रि केसीको दवावमा ४० लाखको सम्झौता
पूर्व मन्त्रि एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीको दवावमा जिल्ला विकास समितिको कार्यालय सोलुखुम्बुले योजना सम्झौता सम्बन्धि स्थानीय विकास मन्त्रालयको निर्देशनलाई लत्याउँदै तिंला—सल्यान कृषी सडकको सम्झौता गरेको छ । कुनै योजना सञ्चालन गरेर आर्थिक अनियमितता गरेको प्रमाणित भएका वा छानविनको दायरामा रहेका व्यक्ति पदाधिकारी रहेको उपभोक्ता समितिसँग योजनाको सम्झौता ... Read More
No Comments
जोक्पे विवाद
अखिल नेपाल पर्यटन मजदुर संघ केन्द्रीय समिती र जिल्ला समिती सोलुखुम्बुले संयुक्त प्रेश विज्ञप्ती जारी गरी २ वर्ष अघि मजदुरहरुको समस्यालाई ध्यानमा राखी जोक्पेको किनबेच गर्न नपाउने निर्णयलाई जिल्ला प्रशासन कार्यलयले बदर गरेकोमा खेद प्रकट गरेको छ ।
आफूमाथि भएको अनावश्यक टिकाटिपणी प्रति पनि संघले विरोध जनाएको छ । यस ... Read More
No Comments
हिमालयको तापक्रम वृद्धि
काठमाडौ, जेष्ठ ४ - 'युनिभर्सिटी अफ म्यासेचुसेटस् र हार्बड विश्वविद्यालय'का दुई जना नेपालीसहितका अनुसन्धानकर्ताले गरेको अध्ययनले हिमालय क्षेत्रको तापक्रम अन्यत्रभन्दा तीनगुणा बढिरहेको तथ्य पत्ता लगाएको छ ।
युनिभर्सिटीका अनुसन्धानकर्ताहरू उत्तमबाबु श्रेष्ठ, शिव गौतम र कमलजीत बावाले एक वर्ष गरेको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको हो । श्रेष्ठ र गौतम नेपाली शोधकर्ता ... Read More
No Comments
बृहत् मधेसी मोर्चाद्वारा संसद अवरुद्ध
काठमाडौं, जेष्ठ ४ - व्यवस्थापिका संसद्को बैठक बसेको केही समयमा नै बृहत मधेसी मोर्चाद्वारा अवरोध भएपछि शुक्रबार ३ बजे सम्मका लागि स्थगित भएको छ । यो संसद्को ११ औं अधिवेशन आज (बिहीबार) बाट सुरु भएको हो ।
प्रमुख तीन दलले ११ प्रदेशमा सहमति गरेको विरोधमा बृहत मधेसी मोर्चाले त्यसलाई पुनर्विचार नगरे ... Read More
No Comments











